शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदले दर्ता गरे अविश्वास प्रस्ताव

कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदले दर्ता गरे अविश्वास प्रस्ताव

  • आइतवार, अशोज २५, २०७७
कर्णालीका मुख्यमन्त्रीविरूद्ध नेकपाकै सांसदले दर्ता गरे अविश्वास प्रस्ताव

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध उनकै दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।  आइतबार दिउँसो नेकपामा १८ जना सांसदले मुख्यमन्त्री शाहीविरूद्ध  पार्टीको संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका थिए। गठबन्धन गरेका तत्कालीन एमाले र माओवादीले बहुमत आएका ६ मध्ये ४ मा पूर्वएमाले र  २ मा पूर्वमाओवादीलाई मुख्यमन्त्री बाँडेका थिए। मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट भइरहेको थियो।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूले नेकपा संसदीय दलका नेता मुख्यमन्त्री शाहीको सरकारले प्रभावकारी काम गर्न नसकेकाले जनस्तरमा पार्टीको उपस्थिति फितलो भएको बताएका छन्। कर्णाली प्रदेश सभा नेकपामा ३३ जना सांसद छन्।

चर्चामा

सम्बन्धित समाचार