मङ्लबार, माघ १३, २०७७
  • होमपेज
  • समाचार
  • ४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाईदै

४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाईदै

  • आइतवार, अशोज २५, २०७७
४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाईदै

‘हाम्रो पहलः दिगो कृषि, पोषिलो आहार’ को मुलनाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस साताव्यापी रुपमा मनाइने भएको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र समाजिक संस्था कृषिको लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि नेपालमा पनि विश्व खाद्य दिवस साताव्यापी मनाइने भएको हो।

कृषि विभाग र अभियानले आज गरेको संयुक्त पत्रकार सम्मेलनमा खाद्य दिवस मनाउने बारेमा जानकारी गराएको छ। यस सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन कृषि संचार र खाद्यका सवालको सेरोफेरोमा रहेर कृषिमा नयाँ संचार प्रविधिको प्रयोग, कृषिमा आमसंचार माध्यमको भूमिका, रैथाने खाना, पर्यटन र पत्रकारिता लगायत खाद्य र खेतीका तत्कालिन सवालहरुमा प्रस्तुति र अन्तक्रिया हुनेछ।

त्यसैगरी दोश्रो दिन कोभिड–१९, खाना र खेतीपाती विषयमा प्रस्तुति र अन्र्तक्रियाया सञ्चालन गरिनेछ भने तेश्रो दिन भूमि किसानको खाद्य अधिकार, शिक्षा र कृषि, चौथो दिन कर्णाली कृषिका मुद्धा बारे छलफल गरिनेछ। त्यसैगरि पाचौँ दिन खाना र खेतीपातीः ग्रामिण महिला किसानको योगदान र जैविक विविधता, पोषण तथा रैथाने बालीहरुको विषयमा छलफल र अन्तक्रिया सञ्चालन गरिने आयोजक संस्थाले जनाएको छ।

यसैबीच देशभरिबाट पाँच उत्कृष्ट किसानहरुलाई अवार्ड पनि प्रदान गरिने, कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी गराए। कार्यक्रमको सफलताको लागि सातै प्रदेशमा प्रचार प्रसार गरिएको पनि उनले बताए। यसबीच अक्टोबर १६ मा रोजगार गुमाएका एवम् विपन्न परिवारहरुलाई खाना खुवाउने कार्यक्रम रहेको पनि बताईएको छ।

सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १९३ राष्ट्रले आगामी १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शुन्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरिएको थियो।

त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको कुरा स्वीकार गरेको थियो। यसको मूल कारण जलवायु परिवर्तन भएकोले सन् २०३० सम्ममा यसलाई सम्बोधन गर्दै शून्य भोक बनाउन प्रतिबद्धता जनाएको थियो।

चर्चामा

सम्बन्धित समाचार