बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • २ सय ३१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

२ सय ३१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

  • बुधबार, अशोज १४, २०७७
२ सय ३१ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ३१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ३० जना भेन्टिलेटरमा र २०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११० जना आइसियु र २३ जना भेन्टिलेटर, प्रदेश ५ मा ४१ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा १६ जना आइसियु र ५ जना भेन्टिलेटरमा र सुदुरपश्चिममा १ जना आइसियु उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै प्रदेश २ मा १६, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ११ आइसियुमा उपचाररत रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार