शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

  • शनिबार, अशोज १०, २०७७
अछाममा कोरोना संक्रमित पुरुषको मृत्यु

बाजुरा — अछाममा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ। शनिबार  जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।

डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देवदत्त जोशीले जानकारी दिए। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए।

‘श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। एक घण्टा अगाडी मृत्यु भएको हो,’ उनले भने, ‘शव व्यवस्थापन अब भोलि हुन्छ। नेपाली सेनालाई खबर गरेका छौँ। योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार