शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खप्तड मालिका युवा संजाल बाजुराद्धारा अस्पतालका बिरामीलाई फलफुल बितरण

खप्तड मालिका युवा संजाल बाजुराद्धारा अस्पतालका बिरामीलाई फलफुल बितरण

  • मङ्लबार, अशोज ६, २०७७
खप्तड मालिका युवा संजाल बाजुराद्धारा अस्पतालका बिरामीलाई फलफुल बितरण

मानबहादुर एेडी — ४१ औं सामाजिक सेवा दिवसको अवसरमा जिल्लामा संचालन हुदै आईरहेको खप्तड मालिका युवा संजाल बाजुराद्धारा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीलाई फलफुल बितरण गरीएको छ ।

स्थापना भएको भएको छोटो समयमा जिल्लामा हरेक क्षेत्रमा साजिक काम गर्दै आईरहेको संजालले सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पतालमा रहेका बिरामीको लागी फलफूल बितरण गरिएको संजालका बरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताउनुभयो । जिल्लामा संचालन हुदै आईरहेको खप्तड मालिका युवा संजालले सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल बाजुराका बिरामीलाई फलफुल बितरण गरेकोमा संजाललाई धन्यवाद दिनुभएको छ ।

आगामी दिनमा संस्थाले यस्ता कार्यमा अग्रसर हुदै जान समेत अनुरोध गर्नुभयो । कार्यक्रममा बडिमालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले सामाजिक कार्यमा अग्रसर युवाहरुले जिल्लामा संजाल गठन गरि सामाजिक कार्य गर्दै आएकोमा संजालका सम्पूर्ण पदाधीकारीलाई धन्यवाद दिनुभएको छ ।

उक्त फलफूल बितरण बडिमालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले र नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका सभापती रमबहादुर शाही संजालका महासचिब शुक्रराज बोहराले संयुक्त रुपमा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष भरत थापा र जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख रुपचन्द्र बिश्वकर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाईरस कोभिड १९ को माहामारीले गर्दा बिरामीको ब्याडमै गएर फलफूल बितरण गर्न नमिल्ने भएकाले अस्पताल बाहीरै उक्त फलफूल बितरण गरिएको हो । फलफूल बितरण कार्यक्रममा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष भरत थापा, बडिमालिका नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाका सभापती रमबहादुर शाही, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख रुपचन्द्र बिश्वकर्मा, संजालका सम्पूर्ण पदाधीकारीको सहभागीता रहेको संजालका महाँसचिव शुक्रराज बोहराले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार