शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

  • आइतवार, अशोज ४, २०७७
२४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो

नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ।

७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ४०, ६०, ६३ वर्षीया महिला र ८२ वर्षीय पुरुषको मृत्यु भएको छ। धनुषामा ७६ वर्षीय पुरुष, ललितपुरमा ७५, भक्तपुरमा ७२ वर्षीया महिला, चितवनमा ८० वर्षीय पुरुष, रुपन्देहीमा ६७ वर्षीय पुरुष र पाल्पामा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि शनिबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

चर्चामा

सम्बन्धित समाचार