शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

  • शनिबार, अशोज ३, २०७७
सुदूरपश्चिमका थप ३९ जनामा कोरोना पुष्टि

शनिवार सुदूरपश्चिम प्रदेशका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दार्चुलाका २१, कैलालीका ११, डडेल्धुराका तीन, बैतडी र बझाङका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ९३ जनाको कोरोना परीक्षण भएकोमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर १२ का चार जना, धनगढी उप–महानगरपालिका वडा नम्वर १ का तीन जना, वडा नम्वर ८ का दुई जना, वडा नम्वर २ का एक जना र जानकी गाउँपालिका वडा नम्वर ६ का एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बझाङको खप्तड छान्नाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ।

उता डडेल्धुरामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले शुक्रबार एक सय ८६ जनाको नमूना परीक्षण गर्दा डडेल्धुरा, बैतडी र दार्चुलाका २६ जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार दार्चुलाको मार्मा गाउँपालिकाका २० जना, महाकाली नगरपालिकाका एक जना, डडेल्धुराको नवदुर्गा गाउँपालिकाका दुई जना, अमरगढी नगरपालिकाका एक जना र बैतडीको पाटन नगरपालिकाका दुईजनामा संक्रमण पुष्टि भएको हो।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १२ जनाको कोरोना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार सात सय ७५ पुगेको छ। संक्रमण पुष्टि भएका ५ हजार सात सय २४ जनाले कोरोना जितेको दावी गरिएको छ भने १५ जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार