बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कैलालीमा एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

कैलालीमा एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

  • बुधबार, भदौ ३१, २०७७
कैलालीमा एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

धनगढी– कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्।

उनीहरु मध्ये एक जनाको मंगलवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

उनका अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीले १६ जना मध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिए।

‘तीन जनाको नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।’ उनले भने। अध्यक्ष शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन्।

सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार