शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नदिले कटान गर्दा धान फल्ने खेत बगरमा परिणत

बुढिगंगा नदिले कटान गर्दा धान फल्ने खेत बगरमा परिणत

  • शुक्रबार, भदौ २६, २०७७
बुढिगंगा नदिले कटान गर्दा धान फल्ने खेत बगरमा परिणत

बाजुरा–बुढिगंगा नदिले धान राम्रो फल्ने खेतहरु बगरमा परिणत गर्दै आएको छ । नदि किनारामा तडबन्दन नहुदा र ठुलो बाढीका कारणले खतियोग्य जमिन बगरमा परिणत बनाएको छ । बाजुराको गौमुल गाँउपालिका, बडिमालिका नगरपालिका र बुढिगंगा नगरपालिकामा बुढिगंगा नदि किनारामा रहेको जग्गा बगरमा परिणत भएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।


बाजुरामा मात्र नभई अछामको साँफे बगर, बुढावगर, कालिमाटि लगायतका क्षेत्रमा पनि खेतियोग्य जमिन बगरमा परिणत भएको छ । बाजुरामा राम्रो धान फल्ने बुढिगंगा नदि छेउमा रहेका खेतहरु हुन्, सबै खेतहरु बगरमा परिणत भएपछि खाद्य संकट देखिएको छ । बडिमालिका ४ का वडा अध्यक्ष डम्मर महतले भने नदि छेउमा ठुला ठुला धान फल्ने फाटहरु थिए, नदिले कटान गरेपछि बगरमा परिणत भएको छ ।


असार यता मात्र बुढिगंगा नदिले नदि किनारामा रहेको १२ सय ७९ रोपनि जग्गा बगरमा परिणत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराको तथ्याङ्कमा उल्लेख गरेको छ । बगाएको अधिकांश जग्गा धान फल्ने फाँटहरु रहेका छन् । बडिमालिका नगरपालिका ४ र ८ को राप्कमा ठुला ठुला धान फल्ने फाँटहरु साउन २५ गते आएको बाढिले बगरमा परिणत गरेको छ ।


बडिमालिका ४ बस्ने लालि महतको १२ मुरि धान फल्ने खेत नदिको किनारामा थियो । बाढिले सबै खेत बगाउदा उनका घरमा खाद्यन्न संकट भएको छ । एउटा खेत थियो, त्यो पनि बगाउदा समस्या परेको महतले वताएकि छन् । बाजुरा बाढी र पहिरोको उच्च जोखिम जिल्लाका रुपमा रहेको छ । धेरै खेतियोग्य जमिन बगरमा परिणत र पहिरोले बगाउदा बाजुरामा खाद्य संकट हुने मुख्य कारण रहेको नागरिक समाजका अगुवा जनेश भण्डारीले वताएका छन् ।


बुढिगंगा नगरपालिका २ ताप्रिसेरामा साउन पहिलो सातमा नदिमा आएको बाढिले पुरै ताप्राको धान फल्ने सेरो बगाएको वडा अध्यक्ष हिरालाल थापाले वताएका छन् । राम्रो उब्जनी हुने गरेको थियो, बाढि आएपछि बगरमा परिणत भएको छ । बुढिगंगा नदि तडबन्दनका लागि बर्षौनि लाखौ रुपैया खर्च भएपनि नदिले कटान रोकिएको छैन् ।

चर्चामा

सम्बन्धित समाचार