शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाज
  • अबरोध साँफे मार्तडी सडक खण्डको बार्जुगाड बाट सडक खोल्न शुरु

अबरोध साँफे मार्तडी सडक खण्डको बार्जुगाड बाट सडक खोल्न शुरु

  • शनिबार, भदौ १३, २०७७
अबरोध साँफे मार्तडी सडक खण्डको बार्जुगाड बाट सडक खोल्न शुरु
फाइल फाेटाे

दुई महिना देखी अबरोध भएको साँफे मार्तडी सडक खण्डको बार्जुगाड बाट सडक खोल्न शुरु गरेको छ । पानि पर्न र बुढिगंगा नदिमा पानिको बहाफ कम हुन थालेपछि सडक खोल्न शुरु गरेको साँफे मार्तडी सडक खण्डका प्रमुख ललित खनालले वताएका छन् ।
लगातारको बर्षा सँगै बाढि पहिरोले साँफे मार्तडी सडक खण्डको बार्जुगाड देखी पानि नाउँलमा सम्म ठाँउ ठाँउमा पहिरोले सडक अबरोध भएको छ । सडक खुलाउने प्रयास शुरु भइरहेको छ । काम गर्दै जाने पहिरो आएर सडक बिग्रदै जानाले पनि समस्या भएको सडक बिभागले वताएको छ ।
बुढिगंगा नदिमा बेलिब्रिज बगाएको ठाँउमा कैलालीको गोदावरीमा बेलिब्रिज तयारी अबस्थामा रहेको जडाङ्गा भन्दा तलको सडक खोल्ने बितिकै सामान आएर काम शुरु हुने सडक डिभिजन कार्यलय जनाएको छ । सडक खुलाउनका लागि सडक बिभागले आबश्यक बजेटको ब्यबस्थापन गरिसकेको साँफे मार्तडी सडक खण्डका प्रमुख ललित खनालले बडिमालिका खबरलाइ वताएका छन् ।
पहिरोले बार्जुगाड, ताप्रिसेरा, बल्धे, अम्कोट, पानि नाउला लगाउत ठाँउमा सडक नै तहसनहस हुने गरी बिगारेको छ । साँफे मार्तडी सडकको बार्जुगाड देखी मार्तडी २२ भन्दा बढि ठाँउमा माथि र तल बाट पहिरो गएर सडक अबरोध भएको छ । दुई बर्ष देखी साँफे मार्तडी सड्क अबरुद्ध हुदै आएको थियो । सड्क जोखिम रहेको सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । गएको बर्ष मात्र ३ महिना सडक अबरुद्ध भएको थियो ।
बिगत बर्ष बर्षातको समयमा त्यहि ठाँउमा पटक पटक सडक अबरोध हुदै आएको थियो । हिउँदमा त सडक भासिएको छ, बर्षात यो सडक बन्द नै हुने अबस्थामा पुगेको छ । सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । सडक अबरोध यी क्षेत्रमा दैनिक उपभोग्य सामान औषधिको चरम अभाब भएको छ । गत बर्ष त थोरै जोखिम रहेको थियो, यो बर्ष पुर्ण रुपमा अबरोध भएको ब्यापारि हंश बहादुर सिंहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार