शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ‘पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको निर्देशन

‘पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको निर्देशन

  • बिहिबार, भदौ ११, २०७७
‘पुजारी हत्या’ बिरुद्धको आन्दोलन रोक्न गृहको निर्देशन

रौतहटका पुजारी श्रीराम साहको हत्यारालाई कारवाही गर्नुपर्ने भन्दै शुरु भएको दवाबपूर्ण प्रदर्शन रोक्न गृहमन्त्रालयले निर्देशन दिएको छ आइतबार गृहले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीलाई ‘अत्यन्त जरुरी’ पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

नारायण नगरपालिका–२ स्थित हनुमान मन्दिर परिसरमा गोली हानेर हत्या गरिएको घटनाको हत्या अनुसन्धान गर्नेबारे चाहिँ गृहले सो सर्कुलरमा केही उल्लेख गरेको छैन । भदौ ३ मा मन्दिर परिसरमा पुजारी साहको हत्या भएको थियो ।

मन्त्रालयका शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेरको पत्रमा भनिएको छ–‘हिन्दु धर्म पक्षधरले शुरु गरेको अवान्छित गतिविधि रोक्न र कानुनविपरित काम गर्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशनुसार अनुरोध छ ।’ पुजारी हत्याको अनुसन्धान गर्न माग गर्दै भदौ ४ मा दाङको तुलसीपुरमा ‘स्वतन्त्र युवा समूह’ले प्रदर्शन गरेका थिए । उनीहरुले हिन्दु धर्ममाथि चौतर्फ आक्रमण भएको दावी गरेका छन् ।

वृहत सनातन महासंघका केन्द्रिय संयोजक श्री निवासाचार्यसहितको समूहले भदौ ५ मा सुनसरी जिल्ला प्रशासन कार्यालयमार्फत हत्यारा पत्ता लगाउनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । वृहत सनातन महासंघले नेपाललाई हिन्दु धर्म घोषणा गर्नुपर्ने माग समेत गरेको थियो ।

पुजारी हत्याबारे अनुसन्धान भइरहेको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताएका छन् । रातोपाटीसँग कुरा गर्दै डिआईजी सिंहले भने–‘पुजारीको व्यक्तिगत पक्ष, रिसिवी र आर्थिक पक्षको विश्लेषण गर्दै छौँ, हत्यामा संलग्नलाई छिट्टै कानुनी दायरामा ल्याउँछौँ ।’

चर्चामा

सम्बन्धित समाचार