मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

  • बुधबार, भदौ १०, २०७७
पोखरीमा डुबेर १४ महिने बालकको मृत्यु

महोत्तरीमा घरनजिकैको पोखरीमा डुबेर १४ महिनाका बालकको मृत्यु भएको छ । जिल्लाको बर्दिवास नगरपालिका- १२ निवासी रञ्जित मल्लिकका १४ महिने छोरा विवेकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भंगाहा नगरपालिका- ६ र बर्दिबास नगरपालिका- १२ को सिमानामा रहेको सार्वजनिक पोखरीको डिलमा खेल्ने क्रममा अचानक उनी पोखरीमा डुबेर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममा पोष्टमार्टम गराई परिवारजनलाई बुझाइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार