बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि

  • बुधबार, भदौ १०, २०७७
सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि

डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ५० जनाको कोरोना परीक्षण भएकोमा १७ जनामा संक्रमण पुष्टि भएको छ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार कैलालीका १३, कञ्चनपुर र डडेल्धुराका दुई÷दुई जनामा संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका १२ जना, धनगढी उप–महानगरपालिकाका एक जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई जना, डडेल्धुराको अजयमेरु गाउँपालिकाका एक जना र आलीताल गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको इन्चार्ज भूषालले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार