शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका थप ५० जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५० जनामा कोरोना पुष्टि

  • मङ्लबार, भदौ ९, २०७७
सुदूरपश्चिमका थप ५० जनामा कोरोना पुष्टि

मंगलवार डडेल्धुरा प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालले अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८/८ र डडेल्धुराका दुई जनामा संक्रमण पुष्टि भएको बताए।

उनका अनुसार अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका सात, बर्दगोरी र जानकी गाउँपालिकाका ४/४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छव्वीसपाथिभेराका ६ र दुर्गाथलीका दुई जनामा संक्रमण पुष्टि भएको भूषालले बताए। डडेल्धुराको अमरगढी नगरपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार