शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • अमेरीका बस्ने दिदिबहिनीले बाजुराका बाढीपिडितलाइ सहयोग

अमेरीका बस्ने दिदिबहिनीले बाजुराका बाढीपिडितलाइ सहयोग

  • मङ्लबार, भदौ ९, २०७७
अमेरीका बस्ने दिदिबहिनीले बाजुराका बाढीपिडितलाइ सहयोग

नेपाल घर भइ हाल अमेरीका बस्दै आएका नेपाली दिदि बहिनीले बाजुराका बाढीपिडितका लागि ५० हजार सहयोग गरेका छन् । सहयोग रकम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका कार्यलय प्रमुख दिक्षा भण्डारी मार्फत पिडितलाइ पठाइएको छ ।
२५ हजार गौमुल गाँउपालिका बाढीपिडित र २५ हजार बडिमालिका नगरपालिका बाढी पिडितका लागि सहयोग गरएिको कार्यलय प्रमुख भण्डारीले वताएकि छन् । २५ हजार गौमुल गाँउपालिका अध्यक्ष हरि रोकाया मार्फत पिडितलाइ पठाइएको छ । २५ हजार रकम भने बडिमालिका २ घागरमा बाढीपहिराले घर जग्गा गुमाएकि एकल महिला लालि मतहलाइ घर निर्माणका लागि सहयोग गर्ने भण्डारीले बडिमालिका खबरलाइ बताएकि छन् ।
लालि मतहको टिनका घर निर्माणका लागि नगरपालिका सँग समन्वय भइरहेको छ, चाडै अस्थायि घर निर्माण गर्ने रहेको उनले वताईन । उनका दुई छोरा र उनि सामुदायिक बनको घरमा बसिरहेका छन् । श्रीमानको घरमा लडेर मृत्यु भएको थियो । उनका सम्पत्तिका नाममा एक आना जग्गा समेत छैन् । अमेरिका बाट आएकाे सहयाेग लालि महतलाइ ठुलाे सहयाेग हुने बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।
सहयोग अमेरिका बाट रकम जानकी न्यौपानेले ५ हजार ९ सय ६७, बिजु पौडेल बाट ५ हजार ९ सय ६७, आरति खडकाले ५ हजार ९ सय ६७, चन्द्रमा पाठकले २३ हजार ९ सय ९ र प्रतिमा ढकालले ८ हजार १ सय ९० गरि ५० हजार सहयोगरेकी हुन् ।
हाम्रो सानो सहयोगले पिडामा परेकालाइ मलम लगाउने काम होस भनेर सहयोग गरेको चन्द्रमा पाठकले वताएकि छन् । दिबिहिनी मिलेर सहयोग गरेको हौ, आगामि दिनमा पनि दुखिपिडितलाई सक्दो सहयोग गर्ने उनले वताएकि छन् ।
बाजुरामा असार यता बाढि र र पहिरामा परेर १ जना बेपत्ता भएका छन भने ३ जनाको मृत्यु भएको छ । ७१ परिवार पुर्ण रुपमा बिस्थापित भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । बुढिगंगा नदिले १ बेलिबिज्र र ५ वटा झोलुङ्गे पुल बगाएको थियो, भने नदि किनारमा रहेका खेत जग्गा बगाएको थियो । त्यस्तै ताप्रिसेरामा आएको बाढिले ताप्रिसेरामा आएको पक्की पुल बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार