शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रजातान्त्रिक विचार समाज बाजुराको अध्यक्षमा पण्डित

प्रजातान्त्रिक विचार समाज बाजुराको अध्यक्षमा पण्डित

  • सोमवार, भदौ ८, २०७७
प्रजातान्त्रिक विचार समाज बाजुराको अध्यक्षमा पण्डित

बाजुरा, ८ भाद्र “प्रजातान्त्रिक विचार समाज ”बाजुराको अध्यक्षमा पत्रकार दयाराम पण्डित सर्वसम्त चयन भएका छन् । जिल्लामा उपलब्ध विभिन्न पेशा ब्यवसायमा संलग्न ब्यक्तीत्व रहेका छन् । प्राध्यापक, पत्रकार, वकिल, इन्जिनियर, चिकित्सकहरुको प्रथम भर्चुअल बैठकले पत्रकार पण्डितको अध्यक्षतामा सोमवार ११ सदस्यीय जिल्ला कार्यसमिती गठन गरेको उक्त समाजका सचिव डम्मप्रसाद जोशीले जानकारी दिएका छन् । लोकतन्त्रका पक्षमा आवाज बुलन्ध गर्न लागि पनि जिल्लामा प्रजातान्त्रिक फोराममा विशुद्ध पेशा तथा व्यवसायमा संलग्न पत्रकार, वकिल, स्वास्थ्यकर्मी, प्राध्यापक साहित्यकार लगायतको सहभागिता प्रजातान्त्रिक विचार सेवा समाज गठन गरिएको हो ।
प्रजातान्त्रिक विचार सेवा समाज बाजुराको अध्यक्ष पत्रकार दयाराम पण्डित,उपाध्यक्ष प्राध्यापक नर बहादुर कटुवाल, सचिव इन्जिनियर डम्म प्रसाद जोशी,कोषाअध्यक्ष पत्रकार संगिता तिमिल्सेना,सहसचिव पत्रकार नहकुल जोशी,सदस्य प्राध्यापक अनोजराज गिरी, प्राध्यापक रतन अयडी, वकिल हर्क खडायत, स्वास्थ्यकर्मि कुलबहादुर रावल, साहित्यकार रिता शाही, र इन्जीनियर रामकृष्ण पाण्ड्ये सहित ११ जना सदस्यीय समिति गठन गरिएको बताइएको छ ।
लोकतन्त्रको संस्थागत विकासका पक्षमा नीतिगत पैरबी गर्न । आमनागारिकका सवाललाई उठानगरी राजनीतिक दल तथा सम्बध निकाएको ध्यानाकर्षण गराउन मुख्य उद्येश्य रहेको अध्यक्ष पण्डितले बताउनुु भयो । यो प्रजातान्त्रिक छाहारी हो । जब जब लोकतन्त्रिक शासन ब्यबस्था माथि खतरा उत्पन्न हुन्छ । त्यतीवेला विशुद्ध पेशाकर्मीको यो समाजले लोकतन्त्र र नागरिक सवाल उठान गर्न बाजुरामा प्रजातान्त्रिक विचार समाज गठन भएको पण्डितले बताउनुुभयो । प्रजातन्त्रमा विचार राख्ने सम्पुर्ण पेशामा संलग्न बौद्धिक व्यक्तीको साझा समाज हुने छ । प्रजातन्त्रमा अस्थावन पेशाकर्मीको संलग्नतामा उक्त समाज २०५२ सालमा गठन भई जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भएको छ । भने देशका अधिकांश जिल्लामा उक्त समाजको शाखा गठन भएपनि बाजुरामा हाल सम्म गठन भएको थिएन ।
कोभिड १९ ले गर्दा अहिले जहाँतही जोखिम बढेको र भेला गरेर समिति गठन गर्दा सम्पुर्णको स्वास्थ्य अवस्थामा असर पर्ने भएकाले भर्चुअल बैठक गरी सो समिति गठन गरिएको ओयजकले बताए ।

चर्चामा

सम्बन्धित समाचार