शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा भदौका सात दिनमा ३८५ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा भदौका सात दिनमा ३८५ कोरोना संक्रमित थपिए

  • सोमवार, भदौ ८, २०७७
सुदूरपश्चिममा भदौका सात दिनमा ३८५ कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा भदौका सात दिनमा ती सय ८५ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र प्रदेश बाहिर रहेका विभिन्न अस्पतालका प्रयोगशालामा भएको परीक्षणमा भदौ महिनामा मात्रै सुदूरपश्चिमका तीन सय ८५ जनामा संक्रमण देखिएको हो।

भदौ १ गते सुदूरपश्चिमका पाँच जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पाँच जनामा संक्रमण देखिएको थियो।

भदौ २ गते सुदूरपश्चिम प्रदेशका ५० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, डडेल्धुरा अस्पतालको प्रयोगशाला र काठमाडौँस्थित प्रयोगशालामा भएको परीक्षणमा आज ५० जनामा संक्रमण देखिएको थियो।

भदौ ३ गते भने सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  डडेल्धुरा र धनगढी प्रयोगशालामा भएको परीक्षण १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका थिए।

भदौ ४ गते सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसको दैनिक संक्रमण दर बढेको थियो। ४ गते मात्रै सुदूरपश्चिममा एक सय २९ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा २४ घण्टामा एक हजार दुई सय ११ जनाको कोरोना परीक्षण भएकोमा एक सय २९ जनामा संक्रमण देखिएको थियो।

भदौ ५ गते थप एक सय जनामा कोरोना पुष्टि भएको थियो। उक्त दिन सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पतालमा रहेको प्रयोगशाला र प्रदेश बाहिरका अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका एक सय जना संक्रमित थपिएका थिए।

भदौ ६ गते कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको थियो।

भदौ ७ गते भने कैलालीका ३२ सहित सुदूरपश्चिम प्रदेशका थप ७५ जनामा कोरोना पुष्टि भएको थियो। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ७५ जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमका अनुसार यो अवधिमा सुदूरपश्चिमका पाँच हजार ८ सय ४९ जनाको कोरोना परीक्षण भएको छ।

चर्चामा

सम्बन्धित समाचार