बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५० पुग्यो

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५० पुग्यो

  • आइतवार, भदौ ७, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५० पुग्यो

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका-१का ६७ वर्षीया महिला र समरीमाई गाउँपालिका-२ मुडुला निवासी ३८ वर्षीय पुरुषको उपचारका क्रममा आज मृत्यु भएको हो।

अस्पतालका अनुसार ६७ वर्षीया महिलालाई साउन ३१ गते कोरोना पोजिटिभ देखिएको थियो। उनलाई उपचारका लागि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वासप्रस्वासमा समस्या, उच्च रक्तचाप र मिर्गौला रोगी उनको भेन्टिलेटरमा उपचारका क्रममा आज दिउसो १ बजे मृत्यु भएको हो।

यस्तै मुडुलाका ३८ वर्षीय संक्रमित पुरुष भदौ १ गते अस्पताल भर्ना भएका थिए। उनको स्वासप्रस्वासमा समस्या आएकपछि अस्पताल भर्ना भएको उनको पनि आइसियु भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनको दिउसो १:१० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  यी दुईसहित नेपालमा हालसम्म कोरोना संक्रमित १५० जनाको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार