बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

  • आइतवार, भदौ ७, २०७७
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको जानकारी दिए।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार