शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • धनुषामा दुई समूहबीच झडप, ६ जना घाइते

धनुषामा दुई समूहबीच झडप, ६ जना घाइते

  • शनिबार, भदौ ६, २०७७
धनुषामा दुई समूहबीच झडप, ६ जना घाइते

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा दुई समूहबीच झडप हुँदा ६ जना युवा घाइते भएका छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर १० स्थित हारसरमा स्थानीयस्तरमा भएको फुटबल खेल सम्पन्न पछि आपसी विवाद हुँदा झडपमा परी उनीहरु घाइते भएका हुन् ।

खेलपछि दुई समूहबीच भनाभन पछि झडप हुन पुगेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
झडपमा परी हारसर पश्चिमबारी टोलका पूजन चौधरी, दिप नारायण चौधरी, विरेन्द्र चौधरी, रामकरण चौधरी, विनोद साह र अभिषेक चौधरी घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई उपचारका लागि धरान रेफर गरिएको छ भने अन्यको उपचार स्थानीय स्वास्थ्य संस्थामा भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका सई मोहम्मद मुस्तुफाले जानकारी दिए ।

झडपमा संलग्न रहेका युवाहरु अहिले फरार रहेको उनले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको भन्दै दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने बताए ।

चर्चामा

सम्बन्धित समाचार