शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वभरी २ करोड २२ लाख संक्रमित, एकैदिन साढे २ लाख थपिए

विश्वभरी २ करोड २२ लाख संक्रमित, एकैदिन साढे २ लाख थपिए

  • शुक्रबार, भदौ ५, २०७७
विश्वभरी २ करोड २२ लाख संक्रमित, एकैदिन साढे २ लाख थपिए

महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको संख्या दुई करोड २२ लाखभन्दा बढी भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको जानकारीअनुसार विश्वभरीको कूल सङ्क्रमित संख्या २ करोड २२ लाख ५६ हजार २२० पुगेको छ ।

तीमध्ये २ लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु ६ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो ।

भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि सबैजसो देशहरुले लकडाउन समेतका अनेक उपायहरु अपनाए पनि प्रामाणिक औषधिको अभावमा सङ्क्रमित र मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गएको छ । –एएनआई

चर्चामा

सम्बन्धित समाचार