शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बाजुरा पहिरो : बुढिनन्दा नगरपालिका ३ का २४ परिवार बिस्तापीत

बाजुरा पहिरो : बुढिनन्दा नगरपालिका ३ का २४ परिवार बिस्तापीत

  • बुधबार, भदौ ३, २०७७
बाजुरा पहिरो : बुढिनन्दा नगरपालिका ३ का २४ परिवार बिस्तापीत

हिजो राती परेको अबिरल बर्षासंगै बुढिनन्दा नगरपालिका ३ डोगडा र खुवाका गरि २४ घर परिवार बिस्तापीत भएका छन ।  हिजो राती परेको बर्षासंगै आएको पहिरोमा परी डोगडाका रबिन्द्र बुढा, गंग बुढा र मानसिंह बुढाका परिवार पुणर् रुपमा बिस्तापीत भएको स्थानीय बिष्णु बुढाले बताएका छन । त्यसै गरी खुवाका छिरिङ भोटे र दाराछिरिङ भोटका घरहरु पनी पुणर् रुपमा क्षेती भएर बिस्तापीत भएको स्थानीय बुढाले बताएका छन ।
मानबिय क्षेती नभए पनी एक परिवारका २ बाख्रा बगाएको स्थानीय बुढाले बडिमालिका खवरलाई जानकारी दिएका छन । डोगडा र खुवामा ठुलो पहिरो आएर कोल्टी हुदै पिलुचौर सम्म ठुलो क्षेती बनाएको बुढिनन्दा नगरपालिका उपमेयर श्रृष्टी रेग्मीले बताएकी छन ।
अन्न पिस्न घट्ट गएकी बगेर बुढिनन्दा नगरपालिका वडा न ६ की भिनु ल्वारको मृत्यु भएको छ । कोल्टीको बृहत खानेपानी कोटकुलो सिचाई कुलो लगायतको क्षेती भएको उपमेयर रेग्मीले बताएकी छन । स्थानीय प्रदिपराज जोशीको उध्योग समेत बगेको छ उनको लाखौँको क्षेती भएको उनले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार