शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछाममा बाढीले बगाएर ४ जनाको मृत्यु, १९ बेपत्ता

अछाममा बाढीले बगाएर ४ जनाको मृत्यु, १९ बेपत्ता

  • बुधबार, भदौ ३, २०७७
अछाममा बाढीले बगाएर ४ जनाको मृत्यु, १९ बेपत्ता

अछाममा बाढीले बगाएर ४ जनाको मृत्यु भएको छ। मंगलबार देखीआएको अविरल वर्षापछिकोे कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ भने ४ जनाको मृत्यु भएको हो।

अहिले सम्म ४ जनाको शब भेटिएको र १९ जना बेपत्ता रहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन्। हिजो राती देखी आएको अविरल बर्षा पछि कैलाश खोलामा आएको बाढिले छेउछाउका घर पसल र खेतहरु सबै बगरमा परिणत भएका छन।

 सबैभन्दा बढी धान उत्पादन हुने ठाउँ नगरदर्नाको कोसेडा खेत बगाएर बगरमा परिणत भएका छन‌। तर प्रहरीले भने यकीन जानकारी आउन बाँकी रहेको बताएको छ।

मंगलबार देखी आएको अविरल वर्षा पछिको बाढीले पुरै वस्ती नै बगाएको स्थानियले जनाएका छन्। कैलास खोलामा आएको बाढीले १६ बढी घर सहित पुरै बस्ती डुवानमा परेको रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले बताइन्।

चर्चामा

सम्बन्धित समाचार