शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु

बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु

  • बुधबार, भदौ ३, २०७७
बाजुराको बुढिनन्दा नगरपालिकामा बाढिले बगाउदा १ महिलाको मृत्यु

प्रदिपराज जाेशी — राती घट्ट पिस्न गएको समयमा बाढिले बगाएर १ जना महिलाको मृत्यु भएको छ । राति घट्ट पिस्न गएको समयमा बड्डिगाढ नदि बढेर गए संगै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ६ की भिनु ल्वार रहेकी छन । उनको लाश खोलाको तिरमा भेटीसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्र सिं ठगुन्नाले बताएका छन ।
बाजुरा जिल्लाको उत्तरी क्षेत्र कोल्टीमा आएको बाढिले एक जना मान्छे बगाएको छ । मंगलबार राती अबिरल बर्षासंगै आएको बाढिले ठुलो धन जनको क्षेती गरेको छ ।

बाजुरा जिल्लाकाे बुढिनन्दा नगरपालीका वडा न २ धुपागाढमा बाढि अाएकाे छ । धुपागाढमा अाएकाे पहिराेले काेल्टीकाे गाउनै हल्लाए पछि सबै स्थानीय भागेर खुला चाैरतिर गएका छन । हामी सबै भागाभाग भएका छाै स्थानीयले बताएका छन । राति साढे १ बजेतिर उक्त बाढि अाएकाे उनले बताए ।

रातीकाे समय भएकाले कुन ठाउँमा कति क्षेती गर्याे भन्ने थाहा हुन नसके पनि साे खाेलामा अाएकाे बाढिले पिलुचाैरसम्म धेरै क्षेती गरेकाे हुन सक्ने उनले बताएका छन । बुढिनन्दा नगरपालिका ३ नुरीकाे अासपासका खाेला नजिकमा पहिराे लागेर थुनिदै खाेला बढ्दै बाढिले अाएकाे हुनसक्ने बुढिनन्दा नगरपालिका वडा न ३ का वडाअध्यक्ष राम बहादुरा बाेहराले बताए ।

चर्चामा

सम्बन्धित समाचार