शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • यी हुन् २०० भन्दा बढी सक्रिय संक्रमित रहेका १३ जिल्ला [कुन जिल्लामा कति?]

यी हुन् २०० भन्दा बढी सक्रिय संक्रमित रहेका १३ जिल्ला [कुन जिल्लामा कति?]

  • मङ्लबार, भदौ २, २०७७
यी हुन् २०० भन्दा बढी सक्रिय संक्रमित रहेका १३ जिल्ला [कुन जिल्लामा कति?]

 पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। आज मंगलबार एकै दिन नेपालमा १०१६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशका विभिन्न ४६ जिल्लामा गरी यी संक्रमित थपिएका हुन्। ४६ जिल्लामध्ये पछिल्लो २४ घण्टामा ४ वटा जिल्लामा एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार प्रदेश नं १ को मोरङमा १०८, प्रदेश नं २ को पर्सा र सर्लाहीमा क्रमश: १२८ र १०७ र बागमती प्रदेशको काठमाडौंमा आज एकै दिन १३८ जनामा कोरोना संक्रमण देखिएको छ।

आज थपिएका संक्रमित सहित देशभर २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १३ पुगेको छ।

सरकारले २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत  रोक लगाइएको छ। यसका साथै ती जिल्लाले संक्रमणको अवस्था र स्थान हेरेर आवश्यकता अनुसार थप कडाइ समेत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं, ललितपुर, बाँके, डोटी, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सुनसरी र मोरङ छन्।

सक्रिय संक्रमित भन्नाले संक्रमण देखिएर निको नभएकाहरु हुन्। यी जिल्लामा यसअघि धेरै जना संक्रमित उपचारपछि निको भइसकेका छन्।

कुन जिल्लामा कति सक्रिय संक्रमित?

काठमाडौं १६५८

ललितपुर २८७

बाँके २८५

डोटी २४२

रुपन्देही २०४

पर्सा १२३५

बारा ३४३

रौतहट ९१२

सर्लाही ४८३

महोत्तरी ७०१

धनुषा ३९६

सुनसरी २०९

मोरङ ७९६

चर्चामा

सम्बन्धित समाचार