सोमवार, साउन ११, २०७८
  • होमपेज
  • समाचार
  • नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७,२४१ पुग्यो

नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७,२४१ पुग्यो

  • सोमवार, भदौ १, २०७७
नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७,२४१ पुग्यो

पछिल्लो २४ घन्टामा नेपालमा थप ५८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार २४१ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ४९५ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार