शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाल पत्रकार महासंघ बाजुराद्धारा सुदुरपश्चिम प्रदेशका सभामुखलाइ ज्ञापन पत्र बुझायो

नेपाल पत्रकार महासंघ बाजुराद्धारा सुदुरपश्चिम प्रदेशका सभामुखलाइ ज्ञापन पत्र बुझायो

  • आइतवार, साउन ३२, २०७७
नेपाल पत्रकार महासंघ बाजुराद्धारा सुदुरपश्चिम प्रदेशका सभामुखलाइ ज्ञापन पत्र बुझायो

बाजुरा — नेपाल पत्रकार महासघं जिल्ला शाखा बाजुरा शाखाले मिडिया बिधायक संशाेधनकाे माग सहित जिल्ला प्रशासन कायार्लयमा प्रेश बुझाएकाे छ । नेपाल पत्रकार महासघं सुदुर  पश्चिम प्रदेश समन्वयमा सुदुर पश्चिम प्रदेशका सभामुखलाइ प्रेश बिज्ञप्ती बुझाएकाे हाे ।  आईतबार बाजुराका  प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे मार्फत सुदुरपश्चिम प्रदेश सभामुखलाई विधेयक संसाेधन गर्न दवाव स्वरूप  प्रेस विज्ञप्ती  बुझाएकाे नेपाल पत्रकार महासघं बाजुरा शाखाका अध्यक्ष प्रकाश सिहंले बताएका छन् ।
सुदुरपश्चिम प्रेदश सभाद्धारा हालै पारित रेडियो एफएम र टेलिभिजन प्रसारण  व्यवस्थापन गर्न बनेको विधेयक केहि प्रावधनहरु नेपालको संविधान र पुर्ण प्रेस स्वतन्त्रता मर्म विपरित रहेकोले सुरु देखि नै नेपाल पत्रकार महासंघ त्यस्ता व्यवस्थापनहरु हटाउनु पर्ने माग गर्दै आएका हौ । विधेयक प्रदेश सभामा दर्ता भएकै कारणले गर्दा नेपाल पत्रकार महासंघले सभामुख, आन्तरीक मामिला तथा कानुन मन्त्री ,विधायन तथा प्रदेश मामिला समितीका सभापति समक्ष विधेयकमा सुधार्नु पर्ने अर्थ प्रेस स्वतन्त्रता विपरितका व्यवस्थापन लगायतका माग राखिएका छन् ।
प्रदेश सरकारले ल्याएकोे विधेयकमा  प्रेश स्वतन्त्रता विपरितका  भएकाेले सच्याउन माग सहित दवाव स्वरूप साे बिज्ञप्ती दिएकाे नेपाल पत्रकार महासघं बाजुराका सचिव प्रेम बिकले बताएका छन् ।
नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम  बहादुर वि.क द्धारा हस्ताक्षेरित प्रेस ज्ञापन पत्रमा  उल्लेखित प्रेस स्वतन्त्रतामा व्यवधान हुने प्रावधानहरु माथि पुनः विचार गरि विधेयक संशोधनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत पत्र बुझाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार