शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • पहिरोमा परी वडा सदस्यका ४ सन्तानसहित ६ बालबालिकाको मृत्यु

पहिरोमा परी वडा सदस्यका ४ सन्तानसहित ६ बालबालिकाको मृत्यु

  • शुक्रबार, साउन ३०, २०७७
पहिरोमा परी वडा सदस्यका ४ सन्तानसहित ६ बालबालिकाको मृत्यु

कालिकोट जिल्लाको महाबै गाउँपालिका वडा नम्बर ३ मा बिहीबार राति गएको पहिरोबाट ६ जना बालबालिकाको मृत्यु भएको छ। वडा सदस्य राज बहादुर विष्टको घरमा गएको पहिरोमा वडा सदस्य विष्टका चार र उनका दाजुका दुई सन्तानको ज्यान गएको छ।

मृत्यु हुनेमा वडा सदस्य विष्टका २ छोरा र २ छोरी तथा दाजुका २ छोरी रहेका छन्। कर्णाली प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले सेतोपाटीलाई दिएको जानकारी अनुसार रातको १२ बजेतीर पहिरो घरको छानो भत्काउँदै छिरेको थियो। सोही पहिरोले सुतिरहेको अवस्थामा पुर्दा उनीहरूलाई पुरेको हो।

बास्तोलाका अनुसार वडा सदस्य विष्ट आफ्नो पत्नीसहित तल्लो तल्लामा सुतेका थिए र पहिरोले त्यहाँसम्म क्षति पुर्‍याउन नसकेकाले बाँच्न सफल भएको बास्तोलाको भनाइछ।

हाल मृतक ६ जना बालबालिकाको शव बाहिर निकालिसकिएको छ। यसैगरी जिल्लाकै नरहरीनाथ गाउँपालिकाको कुमाल गाउँको वडा नम्बर १ मा बिहीबार ने गएको पहिरोमा परि हजुबुवा र नाती गम्भीर घाइते बनेका छन्।

घाइते हुनेमा ७० वर्षका नर बहादुर विष्ट र नाती रत्न बहादुर विष्ट रहेको जानकारी प्रदेश प्रहरीले जनाएको छ। नाती रत्नको भने उमेर खुलेको छैन। हाल दुबैको अवस्था चिन्ताजनक रहेको छ।

चर्चामा

सम्बन्धित समाचार