शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • पदम खत्री स्मृती प्रतिष्ठानद्वारा बाजुरा पहिरो पिडितका लागि राहत संकलन अभियान सुरु

पदम खत्री स्मृती प्रतिष्ठानद्वारा बाजुरा पहिरो पिडितका लागि राहत संकलन अभियान सुरु

  • बुधबार, साउन २८, २०७७
पदम खत्री स्मृती प्रतिष्ठानद्वारा बाजुरा पहिरो पिडितका लागि राहत संकलन अभियान सुरु

बाजुरामा आएको बाढीपहिरोका पिडितका लागि पदम खत्री स्मृती प्रतिष्ठान बाजुराले राहत संकलन अभियान सुरु गरेको छ । प्रतिष्ठानले बुधबार धनगढीमा एक कार्यक्रमको आयोजना गरी राहत संकलन अभियान थालनी गरेको पदम खत्री स्मृती प्रतिष्ठान बाजुराका अध्यक्ष अमरसिह खत्रीले जानकारी दिए ।
अभियान अन्तरगत बुधबार मात्रै बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक राजेन्द्र खत्रीले ११ हजार पाँच सय, वानस्टप अटोमोवाईल प्रालिका संचालक अभियन खड्काले १० हजार एक सय ११, शुभश्री बडिमालिका ट्रेड सेन्टरका संचालक तथा नेपाली काँग्रेस बाजुराका सचिव रनसिहबहादुर आयडीले पाँच हजार एक सय, चर्चित डेउडा गायक नरेन्द्रराज रेग्मीले तिन हजार एक सय ११, स्व. पदम खत्रीका छोराहरु साउदी अबरमा रोगजार गर्दै आएका नरेन्द्र खत्रीले १० हजार, हाल दिल्ली निवासी लछी खत्रीले पाँच हजार, एएलबी ट्रेड एण्ड सप्लायर्स प्रालिका लोकेन्द्र खत्रीले पाँच हजार एक सय ११ तथा एमएडब्लु भिर्दीको आधिकारिक बिक्रेता जयमष्टा अटोमोटभ्सि प्रालिका खेम रावतले पाँच हजार एक सय ११ आर्थिक सहयोग गरी अभियान सुरु गरेका हुन् ।
राहत संकलन अभियानको आरम्भ कार्यक्रममा पदम खत्री स्मृती प्रतिष्ठानका सल्लाहकार संयोजक कर्णबहादुर थापा, नेपाली काँग्रेस बाजुराका सचिव रनसिहबहादुर अयडी, नेवि संघ कैलाली बाजुरा सम्पर्क समितिका अध्यक्ष अशोक थापा, सदस्य नवराज खत्री, गोकुल शाह र बडिमालीका ट्रेडिङ ईन्टरप्राईजेजका संचालक गोविन्दराज रेग्मीले उपस्थिती रहेको थियो ।
बुधबार सुरु गरेको अभियान बिभिन्न स्थानबाट राहत संकलन गरी भाद्र पहिलो साता बाडिपिडितहरुलाई हस्तान्तरण गरिने पदम खत्री स्मृती प्रतिष्ठानका कोषाध्यक्ष राजेन्द्र खत्रीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार