शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • कोरोना परीक्षण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ५० करोड खर्च

कोरोना परीक्षण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ५० करोड खर्च

  • मङ्लबार, साउन २७, २०७७
कोरोना परीक्षण र रोकथामका लागि सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो ५० करोड खर्च

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सभामा सम्बोधन गरेका छन्। उनले समसामयीक विषयमा प्रदेश सभामा सम्बोधन गरेका हुन्।

उनले प्रदेशको प्रकोपको क्षती, कोरोनाको प्रभाव तथा रोकथापका लागि भएका प्रयासका बारेमा सभालाई जानकारी दिएका हुन्। उनले विभिन्न प्रकोपबाट प्रदेशमा ४३ जनाको मृत्यु भएको प्रदेश सभालाई जानकारी दिए।

उनले बाढी, पहिरो, लगाएतका प्रकोपका कारण उनीहरुको मृत्यु भएको जानकारी दिए। प्रकोपबाट घाइते भएकाहरुको उपचार गर्ने उनले बताए। कैलाली कञ्चनपुरमा प्रत्येक वर्ष डुबान हुँदै आएकाले विस्तृत अध्ययनको तयारीमा रहेको उनले बताएका छन्। यस्तै धनगढी बजारमा भरिएको पानीको बिषयमा अहिलेसम्म छलफल समेत नभएको बताउँदै उनले बिस्तृत अध्ययन गर्न आवश्यक रहेको बताए।

सुदूरपश्चिम प्रदेशमा संक्रमितको अवस्था, भारतबाट फर्किएकाहरुको व्यवस्थापन, कोरोना परीक्षण, कोरोना परिक्षणमा भएको खर्च लगायतका विषयमा समेत मुख्यमन्त्री भट्टले प्रदेश सभालाई जानकारी दिएका छन्। उनले प्रदेशमा कोरोना परीक्षण तथा रोकथामका लागि ५० करोड खर्च भएको बताए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार