शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • नागरिक संघ संगठन द्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

नागरिक संघ संगठन द्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • मङ्लबार, साउन २७, २०७७
नागरिक संघ संगठन द्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

बाजुरा स्थित नागरिक संघ संगठनले प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्लामा अबिरल बर्षाले पुयाएको क्षति र नागरिकलाई परेको असरका बारेमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको खाद्य अधिकार सञ्जाल बाजुरा अध्यक्ष मदनराज जैशीले वताएका छन् ।
जिल्ला स्थिति पत्रकार महासंघ, खाद्य अधिकार सञ्जाल, गैर सरकारी महासंघ नेपाल, फियान नेपाल, इन्सेक बाजुरा लगायत गैरसरकारी संस्था तथा नागरि संगठनले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा जिल्लाका कवाडी, कोल्टी र मार्तडी खाद्यान्न डिपोहरुमा चामल अभाव भएकाले तत्काल खाद्यान्न डिपोहरुमा चामलको ब्यवस्थापन गर्न माग गरेका छन् ।
त्यस्तै प्राकृतिक प्रकोपमा परि समस्यामा रहेका बिपन्न परिवारहरु लाई राहत बितरण गर्दा एकद्धार प्रणालीबाट नभएको र बितरित सामानको गुणस्तरमा प्रश्न उठेको कुरालाई मध्यनजर गर्दै, एकद्धार प्रणालीबाट राहत बितरणको ब्यवस्थापन मिलाउन र बितरित समानको गुणस्तरमा ध्यान दिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सडक र वाटोको समस्या बनाई सामानको कृत्रिम अभाव सृजना गरि कालो बजारी गर्ने र सामानको मुल्य बढाई उपभोक्ता ठग्ने कार्यहरु भएकोले बजारमा आवश्यक बस्तुको सहज आपुर्तिको ब्यवस्था मिलाई बजार अनुगमन हुनु पर्ने जनाएका छन् । जिल्ला विपद् ब्यवस्थापन समितिले तयार गरेको विपद् प्रतिकार्य योजना अनुसार जिल्लामा समस्यामा परेका समुदायहरुलाई तत्काल उद्धार र राहात उपलव्ध गराउनु पर्ने माग राखेका छन् ।
अविरल बर्षाका कारण सडक भत्केको र वेलीव्रिज समेत बगाएकाले तत्काल साँफे मार्तडी सडक खण्ड संचालन र बैकल्पीक मार्गको ब्यवस्थापन गरि जिल्ला सदरमुकाम सम्म आवत जावत गर्न सहज वातारणको सृजनाका हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गौमुल गाउपालिका २ अजयटोडकी गाँउ झोलुङ्गे पुल बगाँउदा गाँउनै सम्पर्कबिहिन भएकाले तत्काल हेलिकप्टर मार्फत उद्धार तथा राहतको ब्यबस्थापन गर्नपर्ने सहित ९ वटा बुद्धामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रमा बोल्दै प्रजिअ गैह्रेले नागरिकका सवालका बारेमा आफ्नो क्षेत्र बाट लागि रहेको वताएका छन् । चामल ढुवानीका लागि हवाई यातायातको पहल भइरहेको र बिपत्त पढेका लागि उद्धार र राहत वितरण कार्य भइरहेको गैह्रेले वताए ।

चर्चामा

सम्बन्धित समाचार