शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नदिले बाजुरामा ४ वटा झुलङ्गे पुल बगायो, ६ वटा पुल उच्च जाेखिममा

बुढिगंगा नदिले बाजुरामा ४ वटा झुलङ्गे पुल बगायो, ६ वटा पुल उच्च जाेखिममा

  • सोमवार, साउन २६, २०७७
बुढिगंगा नदिले बाजुरामा ४ वटा झुलङ्गे पुल बगायो, ६ वटा पुल उच्च जाेखिममा

बाजुरामा आइतवार रातिको अबिरल बर्षासँगै बुढिगंगा नदिमा आएको बाढिले  ४ वटा झुलङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । गौमुल गाँउपालिका ३ वटा र एउटा बडिमालिका नगरपालिकामा झुलङ्गे पुल बगाएको छ । अन्य ६ वटा झुलङ्गे पुल जाेखिम रहेकाे छन्, ६० प्रतिशत भन्दा बढि क्षति पुयाएकाे छ । पुल बगाँउदा एक गाँउ बाट अर्को गाँउको आवतजावत सँगै सम्पर्क बिक्षेत भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइले वताएका छन् ।

झुलङ्गे पुल सँगै बुढिगंगा नदिमा आएको बाढिले साँफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेलीबिज्र बगाए सँगै सदरमुकाम मार्तडी सम्मको सडक यातायात सम्पर्क टुटेको छ । बुढिगंगा नदिमा आएको बाढिले बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महतकी आमा बेपत्ता भएकी छन । सोमबार बिहान ३ बजेतिर बुढिगंगाको नदिले घर बगाउदा ६५ बर्षिया आमा अइसेनी महत बेपत्ता भएको वडाअध्यक्ष महतले बताएका छन् । बेपत्ता भएकी अइसेनीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बुढीगंगा नदिमा आएको बाढिले घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । दर्जनौ घर समेत बगाएको छ । बडिमालिका नगरपालिका २ घागरमा १८ घर, बडिमालिका ६ जडाङ्गामा ६ घर बगाएको छ । त्यस्तै गौमुल गाँउपालिका २ सिममा ८ घर बगाएको छ । गौमुल गाँउपालिका १ र २ मा रहेको अधिकांश बस्ति बिस्थापित भएको गाँउपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । गौमुल गाँउपालिका २ अजयटोड्कीको झुलङ्गे पुल बगाँउदा गाँउ नै सम्पर्क बिहिन बनेको अध्यक्ष रोकायाले वताएका छन् । त्यहाँ कोही जान सकेको छैन्, फोन समेत सम्पर्क छैन कति क्षति भएको जानकारी हुन नसकेको गाँउपालिकाले वताएको छ ।
बुढिगंगा नदिले धेरै पछि बितण्डा मच्चाएको छ । अबिरल बर्षासंगै नदिको बहाफ बढेको छ । आइतबार नदिको बहाफ संगै तटिय क्षेत्र कटान गर्दा खेतियोग्य जमिन समेत बगाएको छ । अत्याधिक बर्षा भइरहेको र तटिय क्षेत्रमा रहेका बस्तीहरुका नागरिकलाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । बाजुरा जिल्ला देखी अछामको साफेँँ सम्मका तटिय क्षेत्रममा रहेका बस्तीका नागरिकहरुलार्ई सचेत हुन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
बाजुराको मुख्य राजमार्ग साफेँ मार्तडी सडक खण्डपनी क्षेदबिक्षेद भएको छ । सोे सडकको ६२ ठाउँमा पहिरो गएका छन । सडक खण्डमा रहेका दुईवटा पुल बगाइसकेको छ । ताप्रिसेरामा रहेको पक्कि पुल २ हप्ता पहिला बगाएको थियो भने बेलिब्रिज आईतवार राति बगाएको छ । सदरमुकाम सम्मको सडक सञ्चालन हुने सम्भाबना टरेको छ ।

चर्चामा

सम्बन्धित समाचार