बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीको खोजी जारी

सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीको खोजी जारी

  • आइतवार, साउन १८, २०७७
सेती नदीमा बेपत्ता दुई स्वास्थ्यकर्मीको खोजी जारी

सेती नदीमा बगेर बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी खोजी जारी राखिएको छ। डडेल्धुरा अस्पतालका हेल्थ असिस्टेन्ट बिनय बहादुर सिंह र ल्याव असिस्टेन्ट हरि जोशीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले दुबै जनाको खोजी भईरहेको बताउँदै भने, ‘नदीमा पानीको बहाब धेरै भएकाले समस्या भईरहेको छ।’

शैलेश्वरी मन्दिरको दर्शन गर्न शनिबार बिहान डोटी गएका उनीहरु दर्शनपछि फर्किने क्रममा सेती नदीमा नुहाउन जादा बेपत्ता भएका थिए। संगै नुहाउन गएका खगेन्द्र कुँवरको भने उद्धार गरिएको थियो। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार