शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

  • आइतवार, साउन १८, २०७७
यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका केही स्थानहरु आज पनि बर्षा भईरहेको छ। आज दिउसो नि सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार