बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम बन्यो नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोस्रो प्रदेश

सुदूरपश्चिम बन्यो नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोस्रो प्रदेश

  • शनिबार, साउन १७, २०७७
सुदूरपश्चिम बन्यो नेपालमा सबैभन्दा बढी कोरोना संक्रमित रहेको दोस्रो प्रदेश

देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका प्रदेशमा सुदूरपश्चिम दोस्रोमा छ। प्रदेश २ पछि नेपालमा सबैभन्दा बढि कोरोना संक्रमित सुदूरपश्चिममा रहेका हुन्।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या चार हजार पाँच सय २४ पुगेको छ।

प्रदेशमा सबैभन्दा बढि कैलालीका एक हजार ६२ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै डोटीका सात सय ७०, अछाममा ६ सय ७८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ४४, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय नौँ र दार्चुलाका ३८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार बढि डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

सुदूरपश्चिमभन्दा बढि संक्रमण पुष्टि भएका प्रदेश नम्वर २ मा पाँच हजार एक सय ५५ कोरोना संक्रमित रहेका छन्।

प्रदेश नम्वर ५ मा चार हजार तीन सय ६५, कर्णली प्रदेशमा दुई हजार १७, गण्डकी प्रदेशमा एक हजार पाँच सय ८१, बाग्मती प्रदेशमा एक हजार एक सय चार र प्रदेश नम्वर १ मा एक हजार ५१ जनामा कोरोना पुष्टि भएको छ।

चर्चामा

सम्बन्धित समाचार