बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीका इन्सपेक्टर भन्छन्, ‘सुट गर्ने भन्दै असईले पेस्तोल निकालेको कुरा साँचो हो’

कैलालीका इन्सपेक्टर भन्छन्, ‘सुट गर्ने भन्दै असईले पेस्तोल निकालेको कुरा साँचो हो’

  • बिहिबार, साउन ८, २०७७
कैलालीका इन्सपेक्टर भन्छन्, ‘सुट गर्ने भन्दै असईले पेस्तोल निकालेको कुरा साँचो हो’

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार साँझ विज्ञप्ती जारी ग¥यो। विज्ञप्तीमा दिनेश खबरमा प्रकाशित ‘कैलालीमा इन्सपेक्टरको कन्चटमा असईको पेस्तोल, एसपी र डिएसपीले आरोपी जोगाए’ भन्ने समाचारका सन्दर्भमा प्रहरी सहायक निरिक्षकलाई कारवाही गरिसकेको उल्लेख गरिएको छ।  समाचारमा प्राथमिकताका साथ उठान भएको प्रहरी निरिक्षकलाई पेस्तोल ताकेर सुट गरिदिने प्रहरी सहायक निरिक्षकको धम्कीका विषयमा विज्ञप्तीमा प्रहरी बोलेको छैन्।

‘२०७७/०३/२७ गते जिल्ला प्रहरी कार्यालयबाट हुने नियमित डिउटी चेकजाँचको क्रममा प्रहरी निरिक्षक खटिइ गएकोमा अस्थायी प्रहरी पोष्ट शान्तिनगरमा कार्यरत प्रहरी सहायक निरिक्षकले मादक पदार्थ सेवन गरी कार्यालयमा बसेको अवस्थामा फेला पारी सम्झाई बुझाई गर्दा प्रहरी सहायक निरिक्षक र प्रहरी निरिक्षक बीच विवाद भएकाले निज प्रहरी सहायक निरिक्षकलाई तत्काल जिल्ला प्रहरी कार्यालय झिाकाई प्रहरी नियमावली बमोजिम कारवाही भईसकेको व्यहोरा जानकारी गराईन्छ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

उनलाई के कारवाही भयो भन्ने कुरा खुलाईएको छैन्। शान्तिनगर अस्थायी प्रहरी विटका इन्चार्ज प्रहरी सहायक निरिक्षक कृष्ण चन्दले मदिरा सेवन गरेको कुरा विज्ञप्ती उल्लेख छ तर उनले आफ्नै सिनियर प्रहरी अधिकृत, प्रहरी निरिक्षक (इन्सपेक्टर) लक्ष्मीराज जोशीको कन्चटमा पेस्तोल राख्दै सुट गरिदिने भनेको विषयमा प्रहरीको विज्ञप्ती बोलेको छैन्।

दिनेश खबरले यसअघि नै पीडित भनिएका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीसँग ‘अफ द रेकर्ड’ मा घटनाको वास्तविकता बारे बुझेको थियो। प्रहरी निरिक्षक जोशीसँगको सहमतीमा उनले घटनाका विषयमा दिएको प्रतिक्रिया अहिले सार्वजनिक गरेका छौ। जोशीले अस्थायी प्रहरी विटमा कार्यरत प्रहरी सहायक निरिक्षक कृष्ण चन्दले मदिरा सेवन गरी होहल्ला गरेको खबरपछि आफ्नो नेतृत्वको टोली त्यहाँ पुगेको कुरा साँचो भएको बताएका छन्।

जबकी कैलालीका प्रवक्ता प्रहरी नायब निरिक्षक विष्टले जारी गरेको विज्ञप्तीमा नियमित डिउटी चेकजाँच भनिएको छ। प्रहरी निरिक्षक जोशीले प्रहरी सहायक निरिक्षक चन्दले आफूलाई सुट गरिदिने भन्दै पेस्तोल निकालेको कुरा साँचो भएको बताए।

डिउटीमा खटाईए आरोपी चन्द यता जिल्ला प्रहरी कार्यालय कैलालीले आफ्नै सिनियर प्रहरी अधिकृतलाई पेस्तोलले सुट गर्न खोजेको आरोप लागेका प्रहरी सहायक निरिक्षक कृष्ण चन्दलाई डिउटीमा खटाएको छ। आवश्यक कारवाहीका लागि भन्दै जिल्ला झिकाईएका प्रहरी सहायक निरिक्षक चन्दलाई बुधबारदेखि प्रहरीले डिउटीमा खटाएको स्रोतले बताएको छ। तर उनले सरकारी हतियारको दुरुपयोग गरेको घटनामा भने गुपचुप पारिएको आरोप लागेको छ।

चर्चामा

सम्बन्धित समाचार