बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा वेपत्ता हुनेको पहिचान खुल्यो (अपडेट)

सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा वेपत्ता हुनेको पहिचान खुल्यो (अपडेट)

  • बिहिबार, साउन १, २०७७
सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा वेपत्ता हुनेको पहिचान खुल्यो (अपडेट)
फाइल तस्बीर

गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ। पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन्। एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्‍याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन।

चर्चामा

सम्बन्धित समाचार