बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • मेयरले ५ लाख घुस लिन पठाएका छोरा रंगेहात पक्राउ

मेयरले ५ लाख घुस लिन पठाएका छोरा रंगेहात पक्राउ

  • बुधबार, असार ३१, २०७७
मेयरले ५ लाख घुस लिन पठाएका छोरा रंगेहात पक्राउ

सिराहामा घुससहित मेयरका छोरा पक्राउ परेका छन्।  सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलका छोरा सन्त मण्डल ५ लाख घुस रकमसहित पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बिहीबार प्रमुखका छोरा सन्त र अर्का एक जना जीतेन्द्र महतोलाई लहान नगरपालिका वडा नं. २२ राजदेवी चोक नजिकबाट पक्राउ गरिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।  कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेकोमा सो रकम लिन छोरा र एक जनालाई पठाएकोमा दुवै जनालाई रंगेहात नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ। यसबारे थप अनुसन्धान भइरहेको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार