शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ३ दिनदेखी सुत्केरी ब्याथा लागेकी महिलाले जन्माइन मरेको बच्चा, आफु बेहोस अबस्थामा

३ दिनदेखी सुत्केरी ब्याथा लागेकी महिलाले जन्माइन मरेको बच्चा, आफु बेहोस अबस्थामा

  • शुक्रबार, असार २६, २०७७
३ दिनदेखी सुत्केरी ब्याथा लागेकी महिलाले जन्माइन मरेको बच्चा, आफु बेहोस अबस्थामा

बाजुरा– बाजुरा जिल्लाको हिमाली गाउपालिका ३ की एक सुत्केरी महिला तीन दिन देखी सुत्केरी ब्याथा लागेको थियो । आज बिहान ११ बजे उनले मरेको बच्चा जन्नमाइन । साबिकको बिच्छाया गासिवस युनाकी २५ बर्षिया लालसरी बुढालाई ३ दिन देखी सुत्केरी ब्याथा लागेको थियो । उनले मरेको बच्चा आज बिहान ११ बजे जन्माइन तर आफु पनी बेहोस अबस्था रहेकी छन आफन्तले बताए । उनको अत्यधिक रगत बगीरहेको छ । नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य केन्द्रमा लग्दा एक जना स्वास्थ्यकर्मी मात्र उनी गुम्बा गएको भन्ने सुचना पाईयो बिच्छाया स्वास्थ्य चौकीमा स्टेचरमा लग्दा अत्याधिक रक्तश्राबका कारणले अप्ठेरो भयो र बाटोमा पहिरो आएर लिन नसकीएको उनका आफन्त अर्जुन रोकायाले बताए । बिच्छाया स्वास्थ्य चौकी पुग्न यूनाबाट चार पाच घण्टाको पैदल दुरीमा पर्छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खबर गरेको र उनीहरु बाटोमा आएको पहिरोले बिचमै रोकीएको सूचना आएको रोकायाले बताए ।
यता हिमाली गाउपालिकासंग कुरा गर्दा सम्बन्धित स्वास्थ्य चौकीले सिफारिस नगर्दासम्म आफूले कुनै प्रकृया अगाडी बढाउन नसकीने बताई रहेको अर्जुन रोकायाले बताए ।
यूनाबाट बिच्छाया स्वास्थ्य चौकी पुग्नै चार पाच घण्टा लाग्छ । बिच्छायाबाट कोल्टी स्वास्थ्य केन्द्र बोकेर ल्याउन तीन दिन लाग्छ यायायात छैन । तीन दिनसम्म बोकेर ल्याउदा बिच बाटोमै अलपत्र हुने डर लागी रहेको रोकायाले बताए ।
भिरको बाटो बर्षायाम भएकोले बाटोमा पनि ढोल पहिरा आउने हुदा बोकेर ल्याउन समस्या भएको उनले बताए ।
बाजुरा जिल्लाको सर्बाधिक बिकट मानिने साबिकको बिच्छ्या गाबिसबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न तीन दिन लाग्छ भने सदरमुकाममा पुग्न चार पाँच दिन लाग्ने गर्छ ।

चर्चामा

सम्बन्धित समाचार