मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री ओलीको समर्थनमा मार्तडीमा जुलुस ( फोटो फिचर)

प्रधानमन्त्री ओलीको समर्थनमा मार्तडीमा जुलुस ( फोटो फिचर)

  • बुधबार, असार २४, २०७७
प्रधानमन्त्री ओलीको समर्थनमा मार्तडीमा जुलुस ( फोटो फिचर)

बाजुरा– प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थक युवाहरुले मार्तडीमा जुलुस सहीत प्रर्दशन गरेका छन् । हाम्रो समर्थन ओलीका लागि होइन भोलिका लागि भन्दै सदरमुकाम मार्तडीमा प्रर्दशन गरिएको छ ।

पेलेकार्ड प्रधानमन्त्री केपीशर्मा ओलीका फोटाहरु नेपालको राष्टिय झण्डाहरु सहित युवाहरु ओलीको नेतृत्वको समर्थनमा प्रर्दशन गरेको अनेरास्ववियु बाजुराका संयोजक राजीव रोकायाले जानकारी दिएका छन् । मार्तडी स्थित कर्मचारी मिलन केन्द्र, खेलकुद कार्यालयबाट सुरु गरिएको प्रर्दशन, न्यूरोड हुदै, दुनीहाटबजार, गैरीबजार, बीच बजार, प्रशासन कार्यालय, वन कार्यालय क्षेत्रको परिक्रमापछि लोकतान्त्रीक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।


ओलीको नामको जनमतलाई अपमान गर्न अपवित्र गठबन्ध गरिएको प्रति आक्रोश सहीत सरकार र पार्टी दुबै ठाउँमा केपीकै निरन्तरताको माग युवाहरुले गरेका छन् । युगका लागि र समृद्ध नेपाली, स्वाभिमानी नेपालीका लागि ओलीको नेतृत्व नेपाली जनताको चाहना भएकोले भारतीय डिजाइनबाट गरिएको खेलको अन्त्य गर्न उनीहरुले माग गरेका छन् ।
पार्टी महाधिवेशन नभएसम्म पार्टी अध्यक्ष र अर्को निर्वाचन नभएसम्म ओली नै निर्विकल्प हुनुको अर्को कुनै विकल्प नेपाली जनताका लागि स्वीकार्य नहुने अनेरास्ववियुका नेता एवंं बाजुरा क्याम्पसका सभापति चेतनदीप अयडीले बताएका छन् । कोण सभालाई संवोधन गर्दै अयडीले ओलीको विकल्प पार्टी विभाजनको संकेत र राष्ट्रहित विपरितको षड्यन्त्र भएको बताएका छन् । बजार परिक्रमपछि जुलुस लोकतान्त्रीक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।


मेडिकल क्षेत्रका विद्यार्थी प्रेम नेपालीले सञ्चालन गरेको कोण सभामा युवा नेता एवं नेकपा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले जनमतको कदर गर्न र देशको समृद्धी, अनि राष्ट्रियताको संरक्षणका लागि ओलीको निरन्तरता आवश्यक रहेको बताएका छन् ।
विना कारण, इतिहासकै सफल र राम्रा काम हुँदाहुँदै ओलीको विकल्प खोजिनु र काम गर्न नदिएर चौतर्फी घेराबन्दी गरिएको प्रति थापाले आपत्ती जनाएका छन् । पार्टी एकताको मर्मत र भावनालाई संवोधन गर्न र नेपाली जनताको मागलाई सुनुवाइ गर्न ओलीकै नेतृत्वमा सरकार र पार्टी सञ्चालन गरिनुको विकल्प नभएको बताएका छन् ।


कोण सभामा नेकपाका युवा नेता दीलबहादुर कुँवरले ओली आफैमा इतिहास र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएकोले यसमा कुनै षड्यन्त्र स्वीकार्न नसकिने बताएका छन् । ओली माथिको आक्रमण सिंगो सार्वभौमत्ता सम्पन्न देश माथिको आक्रमण भएकोले सिंगो देशले प्रतिवाद गर्ने बेला आएको बताएका छन् ।


जुलुसमा ३ सय बढी युवाहरुको सहभागिता रहेको संगीत शिक्षक राजेश पायलले बताएका छन् । विद्यार्थी, शिक्षक, खेलाडी, व्यापारी, किसान, सर्वसाधारण सहीतले जुलुसमा साथ दिएका थिए । समग्रमा ओलीको विकल्प खोज्न भारत तयार भए, दलालीगर्नेसँग बस्न नसकिने संकेत समेत जनस्तरबाट उठेको छ ।

चर्चामा

सम्बन्धित समाचार