शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोभिड-१९ सम्बन्धि स्वास्थ्य संयोजकहरुलाई जिल्ला स्तरिय अनुशिक्षण कार्यक्रम सम्पन्न

कोभिड-१९ सम्बन्धि स्वास्थ्य संयोजकहरुलाई जिल्ला स्तरिय अनुशिक्षण कार्यक्रम सम्पन्न

  • सोमवार, असार २२, २०७७
कोभिड-१९ सम्बन्धि स्वास्थ्य संयोजकहरुलाई जिल्ला स्तरिय अनुशिक्षण कार्यक्रम सम्पन्न

बाजुरा– बाजुरा जिल्लाका९ ओटै स्थानीयतहका स्वास्थ्य संयोजकहरुलाई कोभिड १९ सम्बन्धिजिल्ला स्तरिय अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । यूएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक सहयोग तथा स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा सम्पन्न भएको अनुशिक्षण कार्यक्रमको सहजिकरण प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका मेडिकल अधिकृत डा. राजु राज जैशी र स्वास्थ्य कार्यालय बाजुराका जन स्वास्थ्य निरीक्षक अशोक कुमार सिंहले  कोभिड १९ परिचय, कोभिड १९ सर्ने तरिकाहरु, कोभिड १९ को सराइअवधि, लक्षण तथाचिन्हहरु, कोभिड १९ वाट गम्भिर जोखिमकाहुने मानिसहरु, अन्तरराष्ट्रिय तथा राष्ट्रिय स्तरमा कोभिड १९ को अवस्था, कोभिड १९ को रोगथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा संचालन भएका क्रियाकलापहरु, कोभिड १९ को विश्वब्यापि महामारीको सन्दर्भमा पोषणको महत्व, सामाजिक कलंङ्क र कोभिड १९ को रोगथाम, नियन्त्रण र उपचार व्यवस्थापनयसले पार्ने प्रभाव र मानसिक तथा मनो परामर्स, कोभिड १९ को अवस्थामा र लकडाउन पश्चात अत्यावस्यक स्वास्थ्य सेवाको स्थानीय तहमा व्यवस्थापन आदि विषय बस्तुमा छलफल तथा अनुशिक्षण गरिएको महिला विकास मञ्च अन्तरगत सुआहारा दोस्रो कार्यक्रमका फिल्ड संयोजक सुरेन्द्र बहादुर सेरालाले जानकारी गराए ।

साथै परिस्थीतिको विश्लेषण गरी निकट भविष्यमा प्रत्येक स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मि तथा  महिला स्वास्थ्य स्वंय सेविकाहरु पनि कोभिड-१९ सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गर्ने बारे समेत सेरालाले जानकारी गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार