शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • बाजुराका १ हजार १२ घरधुरीमा खरका छाना फेरिने : सांसद थापा

बाजुराका १ हजार १२ घरधुरीमा खरका छाना फेरिने : सांसद थापा

  • बुधबार, असार १७, २०७७
बाजुराका १ हजार १२ घरधुरीमा खरका छाना फेरिने : सांसद थापा

जनता आवास कार्यक्रम अन्तर्गत बाजुराका १ हजार १२ घरका छाना फेरिने भएका छन् । बडिमालिका खबरकाे समसामयिक बहस कार्यक्रममा बाेल्दै थापाले १ हजार १२ परिवारकाे घरका छाना  फेर्नलाइ बजेट बिनियाेजन भएकाे वताएका छन् ।

खरले छाएका नौ वटै स्थानीय तहका १ हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउनका लागि संघ सरकार बाट बजेट विनियोजन गरिएको सा‌ंसद थापाले वताएका छन् । तीन वर्ष भित्र देशभरका सबै खर छानाहरु विस्थापित गर्ने नीति अनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि १ हजार १२ घरका छाना परिवर्तन हुने भएका छन् ।

छनोटमा परेका प्रति घरलाई ५० हजारका दरले बजेट परेको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् । टिनका छाना छाउन अनुदान स्वरुप सबै खरका छाना हटाउने नीति अनुसार पहिलो चरणमा बाजुराका मात्र १ हजार १२ परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको ले वताएका छन् । तराइ र मधेसका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ ।

पहिलो वर्ष जिल्लाका बडिमालिका नगरपालिकामा ८८ घरधुरी, बुढीगङ्गा नगरपालिकामा ९९ घरधुरी, त्रिबेणी नगरपालिकामा ५८ घरधुरी, बुढीनन्दा नगरपालिका १३४ घरधुरी, गौमुल गाउँपालिका १६६ घरधुरी, स्वामिकार्तिक खापर गाउँपालिका ११० घरधुरीले अनुदान पाउने छन् । यस्तै जगन्नाथ गाउँपालिका १४१ घरधुरी, खप्तड छेडेदह गाउँपालिका १३१ घरधुरी र हिमाली गाउँपालिका ८५ घरधुरी समेटिएका छन् । ५० हजार अनुदान सहीत टिनको पाता खरिद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ ।

दुर्गम तथा पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याएकोमा प्रतिनिधी सभा सदस्य लालबहादुर थापा सहीत सुदूरपश्चिम सहीत हिमाली जिल्लाका सांसदहरुले विरोध गरेका थिए । विरोध लगत्तै सरकारले सबै जिल्लाई समेट्ने र तीन वर्षभित्र खर र फुसका छाना मुक्त नेपाल बनाउने नीति लिएको छ । बाजुरामा धेरै घरहरु खरले, माटोले छाएका छन्, ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन् । हामीले आधा बढीलाई पहिलो वर्ष नै समेट्ने गरी माग गरेका थियौं, कोरोनाका कारण बजेटको सीमितता भएर व्यवस्था गर्न नसकिएपनि आगामी तीन वर्षभित्र सबै घरहरु खर र फुस मुक्त हुने थापाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार