शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सुदुर पश्चिमका ४ नाकालाई प्रवेश बिन्दु तोकियो

सुदुर पश्चिमका ४ नाकालाई प्रवेश बिन्दु तोकियो

  • मङ्लबार, जेष्ठ २०, २०७७
सुदुर पश्चिमका ४  नाकालाई प्रवेश बिन्दु तोकियो

नारायण न्यौपाने,काठमाडौं —  सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम–पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेवहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ । यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो । भारतबाहेकका देशबाट भने काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्राष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ । लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल–भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।रासस

चर्चामा

सम्बन्धित समाचार