शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बाजुराका १५ जना नेपाल भारत सिमामा अलपत्र रोग भन्दा भोकले मरिने भयो पानी समेत नपाएका उनीहरुकाे गुनासाे

बाजुराका १५ जना नेपाल भारत सिमामा अलपत्र रोग भन्दा भोकले मरिने भयो पानी समेत नपाएका उनीहरुकाे गुनासाे

  • बिहिबार, जेष्ठ ८, २०७७
बाजुराका १५ जना नेपाल भारत सिमामा अलपत्र रोग भन्दा भोकले मरिने भयो पानी समेत नपाएका उनीहरुकाे गुनासाे
नेपाल भारत सिमाको ज‌गलमा अलपत्र बाजुरा जिल्लाकाे स्वामीकार्तिक खापर गाउपालिकाका नागिरक

पदमबहादुर सिंह / बाजुरा ८ जेठ – कोभिड—१९ को जोखिम हुन नदिन भारतले लकडाउनको म्याद पप्दै गर्दा कामको सिलसिलामा गएका नेपाली समस्यमा परेका छन् । लकडाउन थपीएसंगै उद्योग कलकारखाना सबै भन्द भएपछि मालिकले नेपाल भारतको बोडरमा ल्याएर छोडेका र नेपाल प्रबेसमा रोकेपछि सिमामा अलपत्र परेको बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिका १ का कमल बिकले बताए ।

बाजुराका १५ जना मज्दुर भारतका बिभिन्न ठाउबाट सिमाक्षेत्र आईपुगेर अलपत्र परेकाछन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । पौडी गडौवालमा लेबरी काम गरिरहको बाजुराका स्वामीकार्तिक खापर गाउपालिकाका कमल बिकले आफूहरु हप्ता दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत जानकारी दिए । पौडीगडौवालमा बाट मालिकले बसमा सिमामा छोडिदियो सिमा बन्द छ बस्ने कुनै ब्यवस्था छैन जंगलमा बसिरहेको उनले बताए । खानको त कुरै छोडौ पानिसम्म नपाईने अबस्था भएयो बिकले बताए ।
अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षण लगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन । उनले भने, हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ । बाजुरा ६ जना भारतको जगुवा पुल नजिकैको जंगलमा र ९ जना झुलाघरट सिमामा रहेको टेलिफोन मार्फत जनकारी दिएका छा् ।


जंकलमा बसेका छु न भारतको क्वारेन्टाईनमा रखेको छ न नेपालले कुनै पहल गरिएको उनले दुखेसो गरेर । कामका सिलसिलामा भारत आयौ लकडाउनले सबै भन्द भएपछि कामबाट निकालि दियो ।
जंलगमा अलपत्र छु, न खान पानी केही छैन । कल्तिमा पैशा छैन पैशा भएपनि बजार खुला छैन गाउमा जान दिदैनन । गर्मी मच्छडले टोर रोग भन्दा पनि भोर र सोकले परिने भयो । भारत सकारले लकडाउन गर्यो नेपाल टाढा भएकाले फर्किन सकेनौँ । उनले भने, यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ । उनले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे ।


नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौँ ।उनीहरुले भने, हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौँ । सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत ।

चर्चामा

सम्बन्धित समाचार