शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बडिमालिका नगरपालिका ८ काे समन्वयमा दिर्घरोगीलाई औषधी बितरण

बडिमालिका नगरपालिका ८ काे समन्वयमा दिर्घरोगीलाई औषधी बितरण

  • सोमवार, जेष्ठ ५, २०७७
बडिमालिका नगरपालिका ८ काे समन्वयमा  दिर्घरोगीलाई औषधी बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ८ काे समन्वय र मानवताका लागि हामी भन्ने अभियानकाे सहयाेगमा बडिमालिका नगरपालिका वडा ८ का दिर्घराेगीहरूलाइ अाैषधी बितरण गरिएकाे छ ।  मानवताका लागि हामी भन्ने अभियानका अभियान्ताहरुले जिल्लाका बिभिन्न ठाउँमा रहेका दिर्घ रोगीहरुलाई औषधी बितरण गरिरहेका बेला बडिमालिका नगरपालिकामा पनि साे अभियान संचालन गरेकाे हाे  । कोरोना भाईरसको रोकथामका लागि लकडाउन गरिएको र लामो समयदेखी औषधी सेवन गर्दै आएका दिर्घ रोगीहरुका लागि बिभिन्न ठाउँमा गएर औषधी बितण गरेको बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।
जिल्लाका बिभिन्न ठाउँमा लकडाउनका कारण औषधी नपाएर तडपीरहेका मधुमेह, दम, उच्चरक्तचाप मुटुरोगीहरुका लागि घर घरमै पुगेर डाक्टरको सल्लाह अनुसार औषधी बितरण गरेको मानवताका लागि हामी अभियानका अभियान्ता दिलिप कुमार थापाले बताए । बिभिन्न ठाउँमा स्थानीय तह र डाक्टरको  लामो समय देखी उच्च रक्तचापको औषधी खादै आएका र मुटुरोगी मधुमेह र दमका रोगका बिरामीहरुले घरमै औषधी पुगेकोले खुसी ब्यक्त गरेका छन् । लकडाउनका कारण समस्या हुने थियो घरमै तथा वडा कार्यालयमै आएर सहज रुपमा औषधी लिन पाएकोमा बडिमालिका नगरपालिका वडा न ८ का स्थानीय जंग बहादुर रावलले खुसी ब्यक्त गरे ।


केही दिन देखी लकडाउनका कारण समस्यामा परेका दिर्घ रोगीहरुको डाटा संकलन गरेर वडाको समन्वयमा त्यस्ता बिरामीहरुका लागि औषधी बितरण गरिरहेको बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावलले बताए ।
कोरोना भाईरस (कोभिड–१९) को महामारीबाट उत्पन्न यस संकटको घडीमा दिर्घरोगीहरुको अत्यावश्यक औषधिको अभावलाई मध्यनजर गर्दै हामी युवा साथीहरुको ब्यक्तिगत पहलबाट “मानवताका लागी हामी अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा दीर्घ रोगीलाई निःशुल्क औषधी वितरण गरीरहेको मानवताका लागि हामीका बाजुरा संयोजक दिलिप कुमार थापाले बताए । मानवताका लागि हामी अभियान अन्तरगत हालसम्म २५ बढी दीर्घरोगीलाई कम्तीमा २० देखि १ महिना सम्मको लागि पुग्ने गरी औंसधी बितरण गरिसकेको मानवताका लागि हामी अभियानका सदस्य जनक थापाले बताए । गाउँघरमै निशुल्क रुपमा औषधी प्राप्त गरेपछि सेवाग्राही खुसी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार