बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • दैनिक चुलोमा प्रयोग हुने मसलाको म्याद गुर्जेको पाइयो

दैनिक चुलोमा प्रयोग हुने मसलाको म्याद गुर्जेको पाइयो

  • शुक्रबार, जेष्ठ २, २०७७
दैनिक चुलोमा प्रयोग हुने मसलाको म्याद गुर्जेको पाइयो

लक्ष्मीराज पाध्याय — सदरमुकमा मार्तडीमा गरीएको बजार अनुगमनमा मसलाहरु सबै भन्दा बढि म्याद गुर्जेको पाइएको छ । बाजुरा जिल्लाका अधिकांश बजारहरुमा म्याद नाँघेका मसाला चाउचाउ जुसहरु लगायतका खाद्य बस्तुहरु बिक्रि हुने गरेका पाइएका छन् । जिल्ला घरेलु बिकाश तथा साना उद्योग समित बाजुराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा म्याद नाघेका अखद्यय बस्तुहरु फेला परेको अनुगमन टोलीका सदस्य तथा जिल्ला प्रहरी कार्यालय बाजुराका इन्सपेक्टर लोकेन्द्रसिहं ठगुन्नाले बताए । जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, नागरीक समाज, पत्रकार र सुरक्षाकर्मी सम्मेलीत अनुगमन टोलीले जिल्लाका बिभिन्न बजारमा अनुगमनी गरी म्याद नागेका गुणस्तरहिन खाद्य बस्तुहरु फेला पारेको जनाइएको छ ।
लकडाउनका समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो । अनुगमनमा म्याद नागेका खाद्य बस्तुहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना विकास समितका प्रमुख मान बहादुर चाटले वताए । अनुगमन गरीएका अधिकांश पसलमा अखाद्य बस्तुहरु फेला परेका छन् । अनुगमन बाट पिठो, चाउचाउ, बिस्कोट, सिन्चुरी मसला, चनाको पिठो, तेल, पेय पर्दाथ चक्लेट लगाएतका सामाग्री बरामत गरिएको घरेलु बिकास समितिले जनाएको छ । पिठोमा किरा समेत लागेको पाइएको छ । प्रायः सामानमा म्याद नाघेका र केही सामानमा धुसी समते लागेका अनुगमन टोलीले जनाएको छ ।
जिल्लाका मुख्य ब्यापारी केन्द्र मानिने सदरमुकाम मार्तडी र कोल्टी बजारमा भने दैनिक उपभोग्य सामान म्याद सकिएका सामान पाईन्छ भने जिल्लाका बिकट गाउँमा भने प्रयाः सबै सामान म्याद सकिएको पाईने गरेको उद्योग बाणिज्य संघका बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार