सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकाका ३४ जना भारतमा भाेकभाेकै (नामावली सहित)

हिमाली गाउँपालिकाका ३४ जना भारतमा भाेकभाेकै (नामावली सहित)

  • बिहिबार, बैशाख १८, २०७७
हिमाली गाउँपालिकाका ३४ जना भारतमा भाेकभाेकै (नामावली सहित)

बाजुरा — बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका ३४ जना भारतका बिभिन्न शहरमा अलपत्र परेका छन् । लकडाउनका करण समस्यामा परि भारतका बिभिन्न शहरमा अलपत्र परेका हुन । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बिश्वभरी कामको शिलशिलामा रहेका नेपालीहरु अलपत्र अबस्थामा रहेको छन ।
जसका कारण हिमाली गाउँपालिकाका मात्र ३४ जना भारतका बिभिन्न शहरमा अलपत्र अबस्थामा परेका दलित अधिकार कर्मी तथा नेकपा नेता गोरख शार्कीले बताए ।
भारतमा दैनिक ज्याला मजदुरी गरि खाने सर्बहारा, श्रमजीवी मजदुर नेपाली दाजुभाइहरुलाई कामबाट निकालिएको छ । होटेलमा लागेकाहरू होटेल बन्द भएर कोहि आफन्तकोमा गएर बसेकाछन् भने कोहि होटेलका साहूले अलिअलि दिएको रासन खाई रहेको र अब बेहाल अबस्थामा रहेका अधिकारकर्मी शार्कीले बडिमालिका खवरलाई जानकारी दिएका छन् । कमाई कसैको छैन भएको पैसा सकिएको छ ।
आफन्त सँग सापटीका लागि यताउता जान सकिने अवस्था नरहेको भारतमा रहेका हिमाली गाउँपालिकाका भारतमा अलपत्र अबस्थामा रहेकाले बताएको कुरा शार्कीले जानकारी दिएका छन् । यस्तो कहालीलाग्दो अवस्था गुजारिरहेका भारतको विभिन्न स्थानमा रहेका नेपाली दाजुभाइलाई उद्धारको खाचो रहेको अधिकारकर्मी शार्कीले बताएका छन् । सम्बन्धित सरोकारवालाको ध्यान जान आबस्यक रहेको अधिकारकर्मीले बताएका छन् ।

जसमा नामावली यस प्रकार रहेका छ ।  
१प्रकाश मल्ल,२ सर्जन दमाई, ३ राजेन्द्र दमाई , ४ केशब राज पाण्डेय, ५ निरन्जन शाही, ६ गणेश शाही , ७ दान बहादुर शाही, ८ मँगल बुढा,९ सुसिल रोकाया,१० दिल बहादुर रावत, ११ मदन रावत, १२ दिर्ग रावत, १३ पदम बुढा, १४ राजन रोकाया, १५ नन्दकिष्ण सार्की , १६ दिर्ग पाण्डेय, १७ बिष्नु सुनार, १८ निर्प दमाई, १९ धर्मराज दमाई , २० मनलाल दमाई
२१ दिनेश पाण्डेय, २२ राजेन्द्र बिटौला , २३ नरेश रावत, २४ महेश रावत, २५ नबिन दमाई, २६ दिपराज पाण्डेय, २७ महन सार्की, २८ देब प्रसाद पाण्डेय, २९ नबराज सार्कि, ३० चक्र रावत, ३१ दिपक सार्की , ३२ करणबिर सार्की , ३३ बलरुप सार्की, ३४ पुर्ण सर्की, ३५ निर्मला सार्की, ३४ लक्षी सार्की रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार