शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरपालिका १ थिपुचौरका ७ हलिया परिवारलाई राहात

बुढिनन्दा नगरपालिका १ थिपुचौरका ७ हलिया परिवारलाई राहात

  • आइतवार, चैत्र ३०, २०७६
बुढिनन्दा नगरपालिका १ थिपुचौरका ७ हलिया परिवारलाई राहात

पदमबहादुर सिंह / बाजुरा – बिश्बब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको लागि लामो समय सम्मको लकडाउनले चुलो बल्न छोडेको हलिया बस्तिका परिवारलाई राहात बितरण गरिएको छ ।
नेपाल सरकारबाट क बर्गमा बर्गकृत्त हलिया परिवारलाई नेपाल सरकाले बाजुरा जिल्लाका उत्तरी क्षेत्रका बिभिन्न साबिक गाविसका हलियाहरुलाई थिपुचौमा जग्गा खरिद गरि घर बनाएर बसाएका थिए । घर बनेपनि दैनीक ज्यालादारी र कोल्टि बजारमा दाउरा बोकेर साहुको काम गरेर ढुंगा गिटी कुटेर दैनीकी चलाई रहेका परिवारलाई लाकडाउनले काम बन्द भएपछि साझ बिहानको छाक टार्न समस्या भएको समाचार बडिमालिका खबर र अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकाशन पछि ललितपूर निबासी भ्याली कन्टक्सनका संचालक रबिन्द्र महर्जनले खाद्यन्न राहत सहयोग गरेका छन् ।
थिपुचौरका ७ हलिया परिवारलाई प्रति परिवार ३० किलो चामल, ५ किलो दाल, २ पोका नून, २ चक्की साबुन र एक किलो चिनी गरि २१ हजार बराबरको खाद्यन्न राहात सहयोग गरेका हुन् । यो बिश्व नै महामारीका आक्रान्त भईरहेको समयमा सानो भएपनि सहयोग गर्न पाएकोमा खुशीलागेको मर्हजनले बताए । महामारी न्यूनीकरण गर्न सरकारलाई सहयोग पु¥याउने सबै नागरिकको दायित्व अनुरुप सहयोग गरेको उनले बताए ।
बिडमालिका खबर र अन्नपूर्ण पोष्टमा समाचार पढे हलिया परिवारको कथा देखेपछि बडिमालिका खनलाईन खबरका कार्यकारी सम्पदक थता अन्नपूर्ण पोष्ट बाजुराका रिर्पोर पदमबहादुर सिंह मार्फत राहत बितरण गरिएको छ । राहत बितरण बुढिनन्दा नगरपालिकाका मेयर पदम गिरीको रोहोबरमा बितरण गरिको हो ।
राहत पछि हलिया परिवारले बडिमालिका खबर र अन्नपूर्ण पोष्टलाई धन्यबाद दिएका छन् । लकडाउनले चुलो बल्न छोडिसकेको थियो । हाम्रो समस्या सम्प्रेशष गरिदिए पछि सहयोगी हातले सहयोग गरेको बताए । साथै सहयोग गर्ने भ्याली कन्टक्सनलका प्रोप्राईट रबिन्द्र महर्जनलाई समेत धन्यबाद दिएका छन् ।
भ्याली कन्टक्सनका अध्यक्ष रबिन्द्र महर्जनले कोरोना रोकथामको लागि नेपाल सरकालाई सहयोग पु¥याउन यो भन्दा पहिला ललितपूरका बिभिन्न बस्तिहरुका असाय गरिव ज्यालादारी गरि छाक टार्ने ५२ परिवारलाई खाद्यन्न र ललितपूर महानगरपालिकालाई २५ थान महानरपालिकाका बिभिन्न वडाहरुलाई २० थान पिपिई सेट सहयोग गरेका थिए । भने आज पाटन अस्पताल र सुक्रराज सास्त्री अस्पताललाई ८ थान पिपिई र ८ थान भाईजर मास्क सहयोग गरेको महर्जनले बताए । सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न २० दिनदेखि लगाएको लकडाउनमा देश ठप्प भएपनि भ्याली कन्स्ट्रक्सनका अध्यक्ष महर्जन सामाजिक कार्यमा सक्रिय रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार