शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु

फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु

स्पेनमा २४ घण्टाभित्र ७४८ को मृत्यु

  • बुधबार, चैत्र १९, २०७६
फ्रान्समा पहिलो पटक एकैदिन ४९९ को मृत्यु

फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो । फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो । पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।
स्पेनमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ७ सय ४८ को मृत्यु भएको छ । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।

एकैदिन ७ हजार ९ सय ६७ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर छ । यद्यपि, १९ हजार २ सय ५९ जना निको भएर घरसमेत फर्किएका छन् ।

चर्चामा

सम्बन्धित समाचार