शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो

इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो

  • बुधबार, चैत्र १९, २०७६
इटलीमा एकैदिन ८३७ मृत्यु, मृतकको संख्या १२ हजार नाघ्यो

इटलीमा कोरोनाभाइरसका कारण एकैदिन ८ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या अहिलेसम्म १२ हजार ४ सय २८ पुगेको छ ।

यस्तै, ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । संक्रमितमध्ये ४ हजार २३ जनाको स्थिती गम्भीर छ ।

यद्यपि, अहिलेसम्म १५ हजार ७ सय २९ जना निको समेत भइसकेका छन् । यहाँ गत जनवरी २९ मा पहिलो संक्रमण देखिएयता संक्रमित र मृत्यु हुनेको सिलसिला रोकिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार